बालेनविरुद्ध जाग्दै ‘इनफ इज इनफ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

‘इनफ इज इनफ’ अभियान काठमाडौंका मेयर बालेन साहविरुद्ध जाग्न थालेको छ ।

तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लकडाउनका बेला आन्दोलन गर्न संगठित बनेको ‘इनफ इज इनफ’ अभियान लामो समयपछि फेरि जागेको हो।

बालेन नेतृत्वको महानगर प्रहरीले सडकमा ब्यापार गर्ने श्रमिकलाई अमानवीय व्यवहार गरेको भन्दै त्यसका विरुद्ध बुधबार महानगरको गेटमा प्रदर्शनका लागि यो अभियानले ह्यासट्याग चलाएको छ ।

बालेनले गाएको र्‍याप गीत ‘गरीबको चमेली बोल्दिने कोही छैन’ भन्ने लाइनलाई नै ह्यासट्याग बनाएर प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ ।
गरिखाने जनता र सडक व्यापारीविरुद्ध महानगरको दमनको विरोध गर्न भन्दै सो अभियान ब्यूँत्याइएको हो ।

  • २६ असार २०८०, मंगलवार १६:२२ प्रकाशित