दुर्घटनाग्रस्त हेलिकप्टर पठाइयो : उद्धारमा समस्या

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त मनाङ एयरको ९ एन–एमभी हेलिकप्टर दुर्घटनास्थलमा थप अर्को हेलिकप्टर पठाइएको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ । हेलिकप्टर सम्पर्कविहीन भएलगत्तै खोजिका लागि अल्टिच्युट एयरको एउटा हेलिकप्टर पठाइएकोमा थप अर्को पनि सोही कम्पनीको हेलिकप्टर पठाइएको प्राधिकरणका ज्ञानेन्द्र भुलले जानकारी दिए ।

खराब मौसमका कारण उद्धार कार्यमा समस्या आएको भुलले बताएका छन् । मनाङ एयर लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार ६ जनामध्ये ५ जनाको शव भेटिएको छ भने एक जनाको अवस्था अज्ञात छ । शव आजै काठमाडौँ लैजाने तयारी भएपनि प्रतिकुल मौसमका कारण अनिश्चित भएको छ ।

  • २६ असार २०८०, मंगलवार १४:३१ प्रकाशित