काठमाडौँ ।
मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना भएको अवस्थामा भेटिएको छ । लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटना भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले पुष्टि गरेका छन् ।
दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको डिआइजी बास्तोलाले बताए ।
सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । शव जलेको अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार एकजनाको अवस्था अज्ञात छ ।













