बैतडीमा बस दुर्घटना : एकको ज्यान गयो, ३९ घाईते

केन्द्रभाग मिडिया

धनगढी ।

बैतडीमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुर्घटनामा ३९ जना घाइते भएका छन्। तीमध्ये २६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मेलौली नगरपालिका-७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार दुर्घटनामा पञ्चेश्वर गाउँपालिका-६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको पुष्टि गरे ।

उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो।बस दुर्घटनाको कारण भने खुलेको छैन ।

  • २५ असार २०८०, सोमबार १५:५३ प्रकाशित