मृग ठानेर बन्दुक पड्काउँदा आफ्नै साथीको ज्यान गयो

केन्द्रभाग मिडिया

भोजपुर ।

भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुक पड्काउँदा आफ्नै साथीको ज्यान गएको छ ।बन्दुकको गोलीले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको उनको भनाइ छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा आइतबार राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मृतकका आफन्तले यही असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको हो ।

  • २५ असार २०८०, सोमबार ०९:४३ प्रकाशित