आज युरो र पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ ।

आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३९ पैसा थियो । यस्तै आज पाउण्ड पनि बढेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७० रुपैयाँ ३५ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०९ पैसा थियो

आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३८ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २९ पैसा र बिक्रीदर २८ रुपैयाँ ४२ पैसा रहेको छ ।

  • २५ असार २०८०, सोमबार ०९:२० प्रकाशित