काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदनको अवरोध हटाउने भएको छ ।
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउने भएको हो। शीर्ष नेताबीच सिंहदरबारमा भएको छलफलपछि सदन सुचारु गर्नु सहमति भएको हो ।
सिंहदरबारमा बसेको बैठकमा सदन सुचारु गर्न दिने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरिले बताए।शीर्ष बैठकमा प्रधानमन्त्रीले देशबासी समक्ष आफ्नो अभिव्यक्ति प्रति माफी माग्नुपर्ने अडान एमाले अध्यक्ष ओलीले राखेका थिए ।
प्रधानमन्त्रीले आफूले सदनमा स्पष्टिकरण दिने र आफ्नो भनाइको आशयसहित अभिव्यक्ति सच्याउने कुरा भएको र सदनमा चित्तबुझ्दो प्रष्टिकरण नदिए एमालेले पुनः सदन अवरोध गर्ने जनाएको छ ।













