काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा प्रतिनिधिसभा बैठकको समय सारिएको छ । बैठक दुई घण्टा पछि सारिएको हो । यससँगै प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।
अवरुद्ध सदन खुलाउने विषयमा प्रधानमन्त्री प्रचडसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ ।













