प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

केन्द्रभाग मिडिया

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादास्पद अभिव्यक्तिका कारण संसद्‍मा उत्पन्न भएको गतिरोध खोल्न दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभाको शुक्रबारका लागि तय भएको बैठक सूचना टाँसेर स्थगित भएको छ ।

गत मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेर सदन अवरोध गरेको थियो ।

उक्त अवरोधपछि रोकिएको बैठक शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएको थियो । तर सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच सदनलाई सहज रुपमा अघि बढाउने विषयमा दलहरुबीच सहमति नभएकाले बैठक आइतबारसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।

  • २२ असार २०८०, शुक्रबार १६:३९ प्रकाशित