आज पनि एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध, आइतबार सम्मका लागि बैठक स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

शुक्रबार बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसदले उठेर विरोध जनाएका थिए ।

त्यसलगत्तै अध्यक्ष तिमल्सिनाले बैठक आइतबार ११ बजेर ३१ मिनेट सम्मका लागि स्थगित गरेका छन्

  • २२ असार २०८०, शुक्रबार १४:३३ प्रकाशित