लायन्सकाे रक्तदानमा ६० पिन्ट रगत संकलन

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराका तीनवटा लायन्स क्लवहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको छ ।

डिष्टिक ३२५ के अन्तर्गत पोखरा-३० शिसुवा, शिव मन्दिर परिसरमा लायन्स क्लव अफ पोखरा संगमका अध्यक्ष लायन रोशन बास्तोलाको अध्यक्षता र डिस्ट्रिक ३२५ के का पि एम सि सि लायन दिपक श्रेष्ठको प्रमुख आतिथ्यतामा र जोन चियर पर्सन लायन भोला नाथ ओझाको संयोजनमा संयुक्त रक्तदान कार्यक्रममा सम्पन्न भएको हो ।

लायन्स क्लव अबफ पोखरा संगम, लायन्स कलव अफ पोखरा हेवन, लायन्स क्लव अफ पोखरा एभरेष्ट चौतारीले उक्त कार्यक्रमको संयक्त आयोजना गरेको ओझाले जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लव अफ पोखरा हेवनका प्रथम उपाध्यक्ष शेसकान्त शर्माले उपस्थितलाई स्वागत गरेका थिए । कार्यक्रममा , डिष्ट्रिक चिफ एडमिनिस्ट्रेटर लायन टिकाराम सापकोटा,डिष्ट्रिक चिफ ए ओ जि लायन वशन्त गिरी ,व्लड डोनेसन चिफ लायन श्याम कृष्ण श्रेष्ठ , डिपारेटमेन्ट को चिफ लायन सिता श्रेष्ठ, रक्त संचार केन्द्रका प्राविधिक महेन्द्र के सी लगायतको आतिथ्यता रहेको थियो ।

लायन्स क्लव अफ पोखरा संगमका अध्यक्ष लायन रोशन बास्तोला , पि एम सि सि लायन दिपक श्रेष्ठ ,लायन टिकाराम सापकोटा,लायन वशन्त गिरी ,लायन श्याम कृष्ण श्रेष्ठ , लायन सिता श्रेष्ठ, रक्त संचार केन्द्रका प्राविधिक महेन्द्र के सी र जोन चियर पर्सन तथा कार्यक्रम संयोजक लायन भोला नाथ ओझा लगायतले समाजमा लायन्स क्लवहरुको भुमिका र रक्तदानको महत्वका विषयमा आ– आफ्नो धारणा राख्दै रक्तदान जस्तो महान कार्यमा सरिक हुने सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रम संचालन लायन्स क्लव अफ पोखरा संगमका सचिव लायन ढाकाराम चापागाईले गरेका थिए ।

  • २१ असार २०८०, बिहीबार १३:३६ प्रकाशित