आज डलरको भाउ बढ्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलरको भाउ बढेको छ ।आज डलर एकको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३० रुपैयाँ ९४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५४ पैसा थियो ।

आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ७० पैसा र बिक्रीदर १६७ रुपैयाँ ४६ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ८० पैसा बिक्रीदर १४३ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ १० पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १२ पैसा र बिक्रीदर १८ रुपैयाँ २० पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ०० पैसा र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रीदर २८ रुपैयाँ ३४ पैसा रहेको छ ।

 

  • २१ असार २०८०, बिहीबार ०९:४७ प्रकाशित