आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने : आजदेखि दिन लामो

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने खगोलविदहरुले बताएका छन् । खगोलविद्हरुको अनुसार यसो हुँदा उत्तरी ध्रुवमा दिन लामो, रात छोटो र गर्मी बढ्छ ।

यसको विपरीत दक्षिणी ध्रुवमा जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्डमा दिन छोटो, रात लामो र चिसो हुन्छ । यो जानकारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुरले दिएको हो ।

समितिका निमित्त कार्यकारी निर्देशक डा.सनतकुमार शर्माका अनुसार पृथ्वीको सूर्यको वरीपरी घुम्ने परिभ्रमण पथ (कक्ष)अण्डाकार छ । जसले गर्दा पृथ्वी वर्षमा एक पटक सूर्यको सबभन्दा टाढा पुग्ने गर्दछ । यसलाई सूर्यदुरुस्थ भनिन्छ ।

पृथ्वी र सूर्यको सालाखाला दुरी १५ करोड किलोमिटर छ र पृथ्वीको अण्डाकार पथले गर्दा दुरीमा परिवर्तन भैरहन्छ । परिणाम स्वरूप पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति अलि कम हुन जान्छ ।

स्रोत :अनलाइनखबर

  • २१ असार २०८०, बिहीबार ०९:१४ प्रकाशित