कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि दिएको समय आज सकिँदै

केन्द्रभाग मिडिया

विराटनगर ।

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिँदै छ ।

प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा ९२० अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् ।

उनले दिएको समयमा मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेस गर्ने तयारी गरेका छन् । केन्द्रीय गठबन्धनमा रहेका दलहरूले एमालेको साथमा रहेको राप्रपालाई पनि सहभागी गराउने अन्तिम कसरत गरिरहेका छन् ।

नयाँ सरकार गठनकै लागि तीव्र छलफलमा रहेका दलका प्रदेशस्तरीय नेताहरू केही दिनदेखि काठमाडौँमा रहेका छन् ।

  • २१ असार २०८०, बिहीबार ०८:५४ प्रकाशित