काठमाडौं ।
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदमा बस्ने सबै आधार गुमाएको निष्कर्ष निकालेको छ ।
असार १८ गतेको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक(पटक दिल्ली धाएको बताएका थिए ।
त्यही अभिव्यक्तिबारे छलफल गर्न बसेको संसदीय दलको बैठकपछि सचेतक महेश बर्तौलाले प्रचण्डको अभिव्यक्तिमा एमाले कडा ढंगले प्रस्तुत हुने बताएका छन् । उनले प्रधानमन्त्रीले पदमा बस्ने सबै आधार गुमाएको जिकिर गरे ।
उनले भनेभा छन् , ‘संसद्ले बनाएको प्रधानमन्त्रीले संसदले बनाएको होइन दिल्लीले बनाएको भन्ने अभिव्यक्ति हामीले गम्भिरतापूर्वक लिएको छौं । प्रधानमन्त्रीको अभिव्यक्ति संसद र जनतादेशको अपमान हो । यो प्रधानमन्त्रीको नीजि बिषय होइन। हामीलाई लागेको थियो प्रधानमन्त्री संसदले बनाएको भन्ने तर उहाँ त काहीँ कतैबाट बनेको व्यवहार देखाउनुभयो। त्यही अनुसार हामी भूमिका निर्वाह गछौं ।’













