पोखराबाट छुट्टिन ‘फ्रि लेखनाथ’ अभियान, हस्ताक्षर सुरु

केन्द्रभाग मिडिया

पोखराबाट छुट्टिनका लागि लेखनाथ बासीले फ्रि लेखनाथ अभियान अन्र्तगत हस्ताक्षर सुरु गरेका छन् । पोखरासँग गाभिएर लेखनाथ महानगरपालिका बनेपनि विकास र बजेटमा पछि परेको भन्दै लेखनाथबासी असन्तुष्ट बन्दै आएका छन् ।

आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकै सामुन्ने लेखनाथबासीले हस्ताक्षर सुरु गरेका हुन् । मुख्यमन्त्रीकै अगाडि हस्ताक्षर सुरु गर्दा प्रहरी र स्थानीयबीच चर्काचर्कीसमेत भएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवसमा सहभागी हुन पुगेका मुख्यमन्त्री पाण्डे त्यहाँ पुगेकाबेला गेट बाहिर स्थानीयले आजदेखि हस्ताक्षर अभियान सुरु गरेका हुन् ।

पोखरा महानगरमा गाभिएपनि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रम दिन बेवास्ता गरिएको उनीहरुको आरोप छ ।

  • २० असार २०८०, बुधबार १५:३८ प्रकाशित