कोरिया ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनलाई आँखी झ्यालसँगै नेपाली ढाका टोपी उपहार दिएका छन् ।
दक्षिण कोरियाको बुसान सहरमा जारी विश्वका विभिन्न देशका मन्त्रीहरु सहभागी भइरहेको मन्त्रीस्तरीय सम्मेलनमा प्रमुख वक्ताको रूपमा उपस्थित भएका पूर्व महासचिव बान कि मुनलाई ढाका टोपी लगाई मन्त्री मोदीले आँखी झ्याल उपहार दिएका हुन् ।
उपहार दिने क्रममा मन्त्री मोदीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघमार्फत् प्राप्त साथ र सहयोगको प्रशंसा गरे ।
संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनले नेपालले प्राप्त गरेको उपलब्धिहरूको बारेमा प्रशंसा गरे ।














