महोत्तरीमा गोली चल्यो, एक गम्भीर घाइते

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । दुई राउराण्ड गोली चल्दा महोत्तरीकै रामगोपालपुर नगरपालिका-१ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार स्थानीय ३८ वर्षीय कौशल मण्डलले यादवमाथि गोली प्रहार गरेका हुन् ।मंगलबार साँझ सामान्य विवादको क्रममा मण्डलले यादवमाथि दुई राउन्ड गोली प्रहार गरेको प्रहरीले बताएको छ।
यादवको कन्चट र दाहिने कुमको माथि गोली लागेको छ ।

गोली प्रहार गर्ने मण्डललाई र उनले प्रयोग गरेको पेस्तोल, गोलीको खोका तीन थानसहित घटनास्थलबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

  • २० असार २०८०, बुधबार ०९:२० प्रकाशित