पोखरा ।
कास्कीमा बिपन्न बस्तिमा मुख्य मन्त्री कार्यक्रम उपयोगी र प्रभावकारी भएको स्थानीय लाभग्राहीहरूले बताएका छ्न।
सो कार्यक्रमको अनुगमन तथा कार्यान्वयनको अवस्था निरिक्षण गर्दै उक्त कार्यक्रमको कास्की जिल्ला संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले अति बिपन्न जनताको आर्थिक स्तर सुधार्न प्रदेश सरकारले ल्याएको कार्यक्रम सफलरूपमा कार्यान्वयन भएकोमा खुशी व्यक्त गरे ।
पौडेलले विपन्नहरूको आय आर्जनमा जग बसाउन ल्याइएको कार्यक्रमबाट पूर्ण लाभ लिदै भबिष्यमा व्यवसाय विस्तार हुनेगरी व्यवसायिक कृषि प्रणाली अवलम्वन गर्ने पूर्वाधार निर्माणका लागि निरन्तर प्रयासरत हुन स्थानीय कृषकहरूलाइ आग्रह गरे।
कृषि उपजबाट समृद्ध नेपाल सुखी नेपालीको अवधारणा साकार हुने हुँदा यो कार्यक्रमको सफलताले नै भावी अन्य कार्यक्रम समेत आकर्षित हुनु नहुने कुरा निर्धारण गर्ने हुँदा सफल बनाउन सबैलाइ आग्रह गरे ।
कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बरालले कुल लागतको ९० प्रतिसत प्रदेश सरकार र बाकी दस प्रतिसत रकम लाभग्राही स्वयंले व्यहोर्ने गरि संचालित कार्यक्रम परिणाम उन्मुख र सफल देखिनुले अब समृद्धिका दिन धेरै टाढा नभएको आफुहरूलाइ महसुस भएको उल्लेख गरे ।
बरालले केही गर्ने इच्छा शक्ति भएका तर लगानी तथा अन्य कारणले आफ्नो आर्थिक अवस्था सुधार गर्न नसकेका जनताको लागि यो कार्यक्रम फलदायी हुने बिश्वास व्यक्त गरे ।
कृषि ज्ञान केन्द्र पोखराका प्रमुख शालिकराम अधिकारिले रूपाको इश्लामिक कृषि समुहलाइ करिब बाईस लाख रूपैयाँको लागतका मौरी सहितका घार, कुखुरा सहितका खोर ,तरकारी टनेल तथा विभिन्न फलफूलका बिरुवा बितरण गरिएको जानकारी दिए ।
त्यसैगरी अधिकारिले मादीका गाउँ पालिका वडा न ७ स्थित थाक गाउँमा करिब बाईस लाख रूपैयाँकै लागतका मौरी सहितका घार, कुखुरा सहितका खोर ,तरकारी टनेल तथा विभिन्न फलफूलका बिरुवा बितरण गरिएको जानकारी दिए ।
रूपा गाउपालिकाका मिया गाउँका स्थानीय अगुवा तथा समाजसेबी सबाबक्स मियाले बिपन्न बर्गको उत्थानका लागि सहयोगी कार्यक्रम ल्याएकोमा प्रदेश सरकारलाई आभार प्रकट गर्दै यी र यस्ता जनहितकारी कार्यले नै नेपालमा संघियताको औचित्य पुष्टि हुँदै जाने उल्लेख गरे ।
त्यस्तै मादी थाकवस्तीका स्थानीय लाभग्राही कृषक थाक बिपन्न बर्ग तरकारी उत्पादन कृषि सामुहिक अध्यक्ष पदम कुमारी कोइरालाले आफुहरूको पीडा बुझ्ने प्रदेश सरकार भएको अनुभुति आफुहरूलाइ भएको भन्दै यो अवसरको उच्चतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बिपन्न जनताको बसोबास भएको बस्तिको पहिचान गरि आर्थिक बर्ष २०७९(८० को कार्यक्रम अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र मार्फत जनताको आयस्तरमा सुधार ल्याउने उद्देश्यले प्रदेशका ११ वटै जिल्लामा सो कार्यक्रम सञ्चालित छ ।
जसअन्तर्गत अन्तर्गत कास्की जिल्लामा रूपा गाउँपालिका वडा न ६ को मिया गाउँस्थित इश्लामिक कृषि समुह र मादीका गाउँपालिका वडा न ७ स्थित थाक गाउँका बिपन्न बस्ति चालू आर्थिक बर्ष २०७९(८०मा छनोटमा परेका थिए।














