आज कस्तो छ विदेशी मुद्रा विनिमयदरको मुल्य ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६० पैसा रहेको छ ।

आज डलर एकको खरिददर १३० रुपैयाँ ८४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४४ पैसा रहेको छ ।यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा बिक्रीदर १४३ रुपैयाँ १९ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९ रुपैयाँ ०८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा छ ।

साउदी रियालको खरिददर ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०३ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ ।

  • १९ असार २०८०, मंगलवार ०९:५० प्रकाशित