प्रदेश खेलकुद परिषद गण्डकीद्धारा खादा र दोसल्ला निरुत्साहन गर्न पत्राचार

केन्द्रभाग मिडिया

पोखरा ।

प्रदेश खेलकुद परिषद् गण्डकीले खेलकुदको कार्यक्रममा खादा र दोसल्लाको प्रयोग नगर्न आग्रह गद्रै प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिलाई पत्राचार गरेको छ । अतिथिको सम्मानमा खादा, दोसल्ला प्रयोग हुदै आएकोमा यसलाई निरुत्साहन गर्न प्रदेश खेलकुदले पत्राचार गरेको हो ।

पोखरामा असार १६ गते बसेको परिषद्को बैठकले खेलकुदको कार्यकक्रममा खादा तथा दोसल्लाको प्रयोग निरुत्साहन गर्न ११ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गरेको हो ।

प्रदेश खेलकुद परिषद् गण्डकीले खेल संघसंस्थाहरुलाई निर्णय कार्यान्वयन गर्न पनि आग्रह गरेको छ ।

 

  • १८ असार २०८०, सोमबार १६:३८ प्रकाशित