गिरिजाप्रसाद नभएको भए म यहाँसम्म आउन सक्ने थिएन्, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेर गल्ती गरेँ : प्रचण्ड

केन्द्रभाग मिडिया

Photo :ekantipur

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा आफूले प्रस्ताव नगरेकोमा पश्चात्ताप गरेका छन् ।

गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै उनले आफूले गल्ती गरेको स्वीकारे । प्रचण्डले भनेका छन् ,‘गणतन्त्र घोषणा भएपछि म पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई राष्ट्रपतिको प्रस्ताव गर्नुपर्थ्यो। मैले गर्न सकिन। मलाई पश्चात्ताप छ।’

गिरिजाप्रसाद नभएको भए आफु यहाँसम्म आउन असम्भव रहेको बताउँदै थपेका छन्,‘मैले प्रस्ताव नगरेपछि पहिलाको जस्तो विश्वास गर्नुहुन्न भन्ने लागेको थियो। तर, उहाँले मेरो नेतृत्व देशको लागि आवश्यक छ भनिराख्नुभयो।’

उहाँले शान्ति प्रक्रियामा आउनुपर्‍यो तपाईँहरूको कुरा के छन् सहमति गरौँ भन्नुभयो। मैले पनि धेरै भन्नु छैन। हामी शान्तिमा आउँछौँ। तपाईँले गणतन्त्र आइदिनुपर्‍यो भनेको थियो। उहाँले पहिलो भेटमा गणतन्त्रमा आउँछु भन्नुभएन। तर, विश्वास दिलाउनुभएको थियो। उहाँ गणतन्त्रको लागि तयार भइसक्नुभएको रहेछ। मैले पनि उहाँलाई विश्वास दिलाएँ। त्यहीबाट १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र। यो सामान्य तरिकाले आएको होइन।’ उनले भनेका छन्

  • १८ असार २०८०, सोमबार १६:१७ प्रकाशित