नेकपा एसका अध्यक्ष नेपाल श्रीलंका प्रस्थान

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका प्रस्थान गरेका छन् ।

श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठक र सम्मेलनमा भाग लिन अध्यक्ष नेपाल श्रीलंका गएका एकीकृत समाजवादीले जनाएको छ ।

सम्मेलनमा नेपालले मन्तव्य दिनेछन् ।अध्यक्ष नेपाल श्रीलंका गएका बेला एकीकृत समाजवादीको कार्यबाहक अध्यक्षको जिम्मा उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन् ।

  • १८ असार २०८०, सोमबार १६:०५ प्रकाशित