पोखरामा बोलबम पदयात्राका लागि तयारी सुरु

केन्द्रभाग मिडिया

File photo

पोखरा ।

पोखरामा बिगत २२ बर्षदेखि हुदै आएको बोलबम पदयात्रालाई यो वर्ष पनि निरन्तरता दिन बिभिन्न संघ संस्थाको उपस्थितिमा पुर्व तैयारी भेला सम्पन्न भएको छ ।

भेलाले धार्मिक तथा सामाजिक ब्यक्तित्व शंकर खरालको संयोजकत्वमा ५१ सदस्य रहनेगरि समिति चयन गरेको छ । जसको सह संयोजकमा एन. बि.ब्यबसायी समिति अध्यक्ष अनिल गुप्ता , मातृशक्ति परिचालन उपसमिती संयोजकमा लक्ष्मि भट्टराई , प्रचार प्रसार संयोजकमा विश्वहुन्दु महासंघ नेपाल गण्डकी प्रदेशका मातृशक्ति परिचालन समिति अध्यक्ष पार्वता पौडेल, अर्थ संयोजकमा ब्राह्मण समाज नेपाल कास्की अध्यक्ष प्रसाद वास्तकोटी, मंच ब्यबस्थापन समिति संयोजकमा केदारेश्वर मन्दिर ब्यबस्थापन समितिका बरिस्ठ उपाध्यक्ष दयाराम पोख्रेल नियुक्त भएका छन् ।

यस्तै स्वयंसेवक परिचालन समिति संयोजकमा केदारेश्वर मन्दिर ब्यबस्थापन समितिका महासचिव खिम पाहारी , मोटरसाइकल ¥याली संयोजक भेषराज अधिकारी , पुजा ब्यबस्थापन समिति संयोजक मेदिनि प्रसाद गुरागाइ, सरसफाइ संयोजक ओमनाथ अधिकारी, भजन ब्यबस्थापन समिति संयोजकमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कास्कीका अध्यक्ष शालिकराम गौतम, झांकि व्यवस्थापनमा विश्वहिन्दु महासंघ नेपाल सांस्कृतिक समितिका होमनाथ पौडेल र उषा माता, जल ब्यबस्थापन समिति संयोजकमा इश्वरी प्रसाद पराजुली, शिक्षक बिद्यार्थी परिचालन समिति संयोजक प्रेम पौडेल, बोलबम शोभायात्रा ब्यबस्थापन समिति संयोजकमा विश्वहिन्दु महासंघ नेपाल पोखरा नगर समिति अध्यक्ष गोपाल थापा चयन भए ।

बालेबम अवधीभर श्रावण महिनाको पाँचवट सोमबार कार्यक्रममा सहभागी हुने भक्तजनहरुलाई सोमबारमा प्रसाद को ब्यबस्था विश्वहिन्दु महासंघ नेपाल जिल्ला कार्यसमिति कास्की , मितेरी नारी समुह पोखरा –६, मारवाडि समुह कास्की, धार्मिक तथा सामाजिक ब्यक्तित्व रामजी बानियाँ र एन. बि. ब्यबसाय समिति कास्कीले गर्ने भएको छ ।

बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ हरेक साउन महिनाको सोमबार बोलबम पदयात्रा हुनेछ । साउन महिनाको प्रत्येक सोमबार बगरको गाइघाटस्थित १०८ धारामा स्नान गरेर आठ किलोमिटर पैदलयात्रा सहित केदारेश्वर मणि बोलबम धाममा जलार्पण गरिने संयोजक शंकर खरालले बताए । यो वर्षको श्रावण महिनामा ५ वटा सोमबार परेकाले थप भव्य र भक्तजनको पनि बढि सहभागी हुने उनले बताए ।

  • १८ असार २०८०, सोमबार ०९:११ प्रकाशित