पोखराको सेती किनारमा मृत भेटिएका पुरुषको अझै पहिचान खुलेन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको सेती किनारमा शुक्रबार(अस्ति) मृत भेटिएका पुरुषको अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

मृत भेटिएका पुरुषको दुइदिनसम्म पनि पहिचान हुन सकेको नसकेको कास्की प्रहरीले बताएको छ ।कास्की प्रहरीका अनुसार अन्दाजी ५५ वर्षी पुरुष पोखरा महानगरपालिका १५ मजुवा स्थित सेती नदिको किनारामा भिरबाट लडेर मृत अवस्थामा फेला परेका थिए ।

ती पुरुषको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको प्रहरीे जनाएको छ ।

  • १७ असार २०८०, आईतवार १६:५९ प्रकाशित