काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वार्थ बोकेकालाई पार्टीमा प्रवेश नदिने जिकिर गरेका छन् । गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीजस्तै पार्टी अरुको कब्जामा नपर्ने दाबी गरे ।
उनले भने, ‘हाम्रो पार्टीमा केही गर्छु भन्नेहरूको प्रवेश गरेका छन् । स्वार्थ भएका साथीहरू पनि यसो चिहाउँदै चाहिँ हुनुहुन्छ । त्यो पनि नदेखेको होइन पार्टीले देखेको छ । तर, चिन्ता मान्नु पर्दैन । हिजो माओवादी जस्तो, कांग्रेस एमाले जस्तो हुनेभयो । अब जो पनि छिर्ने भए पार्टीले भोट बढाउँने भन्दा घटाउने चर्चा छ । तर, पार्टीको ढोका सबैलाई खुला छ। तर, इमान बोकेर आउनेकाहरूलाई मात्रै हो ।’
अहिले ठूला दलहरु सत्ता जोगाउनका लागि गठबन्धनभित्र पनि गठबन्धन बनाइरहेको आरोप लगाए ।













