काठमाडौँ ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्ने कुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको बताएका छन् । अध्यक्ष नेपालले जनताको जीवनमा आमूल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका हुन् ।
आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसाबले शिरा ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने जिकिर गरे ।
अध्यक्ष नेपालले प्रधानमन्त्रीले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्ने विषयमा प्रयास गरिरहेको समेत बताए । उनले भने, ‘प्रधानमन्त्रीले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने हो रु यसबारेमा अझै गम्भीर चिन्तनमनन गरेर के गर्दा यो पछाडि परेको अवस्थाबाट माथि उठ्न सक्छ, के गरेर गरिबी, अभाव, बेरोजगारी पीडित जनताहरू, जनताका वेदना र दुःखलाई सम्बोधन गर्न सकिन्छ रु भन्ने सन्दर्भमा प्रधानमन्त्रीले आफ्नोतर्फबाट प्रयास गर्दै हुनुहुन्छ ।’













