कोशीमा नयाँ सरकार गठनका लागि आज आव्हान हुने

केन्द्रभाग मिडिया

विराटनगर ।

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुखले आव्हान गर्ने तयारी गरेका छन् ।

सङ्ख्याको कारण पनि संविधानको धारा १६८ को कुन उपधारा अनुसार सरकार गठनको आव्हान गर्ने भन्ने विषयमा प्रदेश प्रमुखज्यू कानुनी परामर्शमा हुनुहुन्छ,’ प्रदेश कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठले भने, ‘आइतबार आव्हान हुन्छ होला ।’

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव शुक्रबारको प्रदेशसभाबाट फेल भएको थियो । उता प्रदेश प्रमुखले आज सरकार गठनको आव्हान गर्ने तयारी गरेसँगै बहुमत जुटाएर सरकार बनाउन एमाले, कांग्रेस, माओवादीलगायतका प्रदेशका नेता राजधानी काठमाडौँ पुगेका छन् ।

  • १७ असार २०८०, आईतवार ०९:३९ प्रकाशित