सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव १३ दिनपछि भेटिएको छ ।
अरुण नदी किनारमा टाउको बाहेकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिएका छन् । ।
बाढी पहिरोमा परेका अन्य १९ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।














