पोखरा ।
एन्टिबायोटिकको चरम दुरुपयोग हुने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । चिकित्सकको सल्लाहमा प्रयाग गर्नुपर्ने भए पनि खुल्ला रुपमा अफु खुशी विक्री वितरण र प्रयोग हुदाँ मानव स्वास्थ्य नै जोखिममा पर्ने अवस्था सृजना हुन लागेकोमा पोखरामा बिहिबार भएको एक कार्यक्रममा सहभागीले चिन्ता व्यक्त गरे ।
यूएसएआईडी र स्वास्थ तथा जनसंख्या मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रानलयका सचिव डा. रोशन पोखरेलले एन्टिबायोटिकको प्रयोग वारे सचेतना आवश्यक रहेको बताए ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव बिनोद विन्दु शर्माले दोस्रो विश्व युद्ध पछि बरदान बनेको एन्टिबायोटिक औषधी प्रयोगमा ध्यान दिन नसक्दा अहिले मृत्युको कारण बन्न पुगेको बताए ।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिम बहादुर खड्काले एन्टिबायोटिकको प्रयोग गर्न नजान्दा मानव स्वास्थ्यका लागि उपचार थप जटिल बनेको बताए । उनले डाक्टरको सल्लाह वाहेक एन्टिबायोटिकको प्रयोग नगर्न समेत सुझाव दिए ।
यूएसएआईडी सिनियर प्राविधिक सल्लाहकार डा. सन्तोष दुलाले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ विश्वव्यापी जनस्वास्थ्यको चुनौतीको रुपमा आएको बताए । पछिल्लो समय कृषि, पशु र मानिसमा भइरहेको जथाभावी एन्टिबायोटिक औषधिको अत्यधिक प्रयोगले जनस्वास्थ्यमा चुनौतीसँगै जोखिम बढेको उनले बताए ।
एन्टिबायोटिकको दुरुपयोगका कारण धेरैजसो जीवाणु यी औषधीको प्रतिरोध गर्न सक्षम भएका छन्, ‘जसका कारण औषधीको प्रभाव शून्य वा कम हुने गर्छ’ । त्यसको परिणाम स्वरुप संक्रमणको उपचार निष्प्रभावी हुन्छ । यस्ता प्रतिरोधी क्षमता भएका जीवाणु वातावरणमा फैलिएर पशु तथा मानिसमा ज्यान लिने संक्रामक रोगका कारण बनिरहेको छ ।
विशेष गरी विकासोन्मुख देश यस्तो समस्याबाट बढी प्रभावित भइरहेका दुलालले बताए ।
नेपालमा बिरामीले जथाभावी औषधी किनेर खाने प्रवृत्ति, औषधि पसलेले चिकित्सकको पे्रसक्रिप्सनबिनै दिने र पुरा मात्रा सेवन नगनु यसको प्रमुख चुनौती बनेको छ । सामान्य रुघाखोकी र ज्वरो आउदैमा एन्टिबायोटिक औषधी प्रयोग गर्न नहुने डा. विवेका श्रेष्ठले बताइन् ।
जथाभावी एन्टिवायोटिकको प्रयोग हुँदा ‘रेसिस्टेन्स’ बढेको श्रेष्ठको भनाई छ ।
एन्टिबायोटिक औषधीको प्रयोग उचित विधि र चिकित्सकको सल्लाहअनुसार गर्नुपर्छ । उपयोगमा लापरबाही भएमा यही औषधी मानिस तथा पशु दुवैको मृत्युको कारक पनि बन्न सक्छ ।
नेपालमा पशु पंक्षिमा समेत एन्टिबायोटिकको प्रयोग बढेको पाईको छ । कुखुराहरुमा बढि एन्टिबायोटिकको प्रयोग हुने गरेको पाइएको छ । एन्टिबायोटिक प्रयोग गरेको कम्तिमा एक हप्तासम्म मासु उपभोगका लागि योग्य नहुने चिकित्सकको भनाई छ । दुधालु गाइ भैसिमा एन्टिबायोटिकको प्रयोग हुने गरेको र ती गाई भैसिको दुघ प्रयोग गर्दा समेत मानव स्वास्थ्यलाई असर गर्ने गरेको तथ्य फेला परेको छ ।
स्वास्थ्य विषयमा कलम चलाउदै आएका पात्रकार अर्जुन अधिकारीले एन्टिबायोटिकको जथाभावी प्रयोगलाई रौक्न संचारकर्मीको पनि भूमिका हुनुपर्ने बताए । उनले संचार माध्यममा एन्टिमाइक्रोबियल रेजिस्टीयन्सका वारेमा प्रायाप्त स्थान दिनुपर्ने बेला आएको बताए ।
विकसीत देशहरुमा एन्टिबायोटिक औषधिको विक्री वितरणमा नियन्त्रीत भए पनि नेपालमा भने सबै स्वास्थ्य संस्थामा यसको सहजै विक्री हुने गरेको छ । सरकारले औषधीलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गामा विभाजन गरेर ‘क’ र ‘ख’ वार्गका औषधीको विक्री वितराणमा डाक्टरको प्रेसकिप्सन अनिवार्य भने पनि कार्यान्वयनमा भने आएको छैन ।
विश्वका प्रमुख दश विश्वव्यापी जनस्वास्थ्य खतराहरूमध्ये एन्टिबायोटिक पनि परेको छ । विश्वमा आठ जनाको मृत्यु हुदा १ जना ‘एन्टिमाइक्रोबिएल रेसिस्टेन्सको’ कारण मृत्यु हुने गरेको तथ्याङक छ ।