काठमाडौं ।
अनुदानमा पाएको मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली भारत जाने भएको छ।
पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले मुर्रा राँगा लिन असार अन्तिमतिर चार जनाको टोली भारत जान लागेको जानकारी दिए।
उनको अनुसार यही महिनाको अन्तिमतिर जाने सम्भावना रहेको छ तर मिति तय भइसकेको छैन।मुर्रा राँगा लिन जाने टोलीमा टोलीमा पशु सेवा विभागकी महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान, र क्वारेन्टाइन शाखाका प्रमुख छन्।
भारतले अनुदानमा दिने १५ वटा राँगालाई एकै लटमा नेपाल ल्याइने ढकालले बताए। भारत सरकारले सीमासम्म ल्याइदिने र त्यहाँबाट ल्याउने प्रबन्ध विभागले गरिरहेको उनले जनाए।