अलिबाबाका मालिक ज्याक मा काठमाडौंबाट लाहौर उडे

केन्द्रभाग मिडिया

काठमाडौं ।

चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता भएका छन् ।

उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ ।विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवा ११ मा उनी चढेको जहाज उडेको हो ।

ज्याक मा नेपालमा मंगलबार आएका थिए । नेपाल बसाइका दौरान उनी भक्तपुर दरबार स्क्वायर र स्वयम्भुको भ्रमणमा समेत पुगेका थिए । उनी नेपाल आउनुको कारण भने खुलेको छैन ।

  • १४ असार २०८०, बिहीबार १५:५८ प्रकाशित