कोशीमा माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

केन्द्रभाग मिडिया

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।

बिहीबार विहान बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनुअघि उनले प्रदेशसभामा रहेका सबै दललाई पत्र लेखेर विश्वासको मत दिन अपिल गरेका छन् ।

  • १४ असार २०८०, बिहीबार १४:२७ प्रकाशित