पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलरको भाउ बढेको छ ।आज डलर एकको खरिददर १३१ रुपैयाँ ०० पैसा र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३० रुपैयाँ ९५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५५ पैसा थियो ।
यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ५० पैसा बिक्रीदर १४४ रुपैयाँ १६ पैसा रहेको छ ।पाउण्ड एकको खरिददर १६६ रुपैयाँ २५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा छ ।
साउदी रियालको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रीदर २८ रुपैयाँ १७ पैसा रहेको छ ।