नारी शक्तिको जागरण गराउने भन्दै ठग्ने ‘धर्म गुरु’ पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नारी शक्तिको जागरण गराउने भन्दै ठग्ने ‘धर्म गुरु’पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शिवसुत गौरीभक्त भन्ने पुरुषोत्तम काफ्लेलाई ठगी आरोपमा पक्राउ गरेको हो । उनीमाथि विभिन्न व्यक्तिसँग लगानी गरिदिने भन्दै करोडौं ठगेको आरोप लागेको छ ।

सीआईबीका सूचना अधिकारी एसपी नवराज अधिकारीका अनुसार काफ्लेले काठमाडौंमा हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली विभिन्न व्यक्तिलाई सदस्य बनाएर ठगेका थिए ।

 उनीमाथि विभिन्न व्यक्तिबाट ५ करोड रुपैयाँभन्दा बढी पैसा र १०० तोलाभन्दा बढी सुनका गरगहनासमेत लिएको आरोप लागेको छ ।

 काफ्लेलाई सीआईबी टोलीले असार ९ गते कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो ।

  • १३ असार २०८०, बुधबार ११:३७ प्रकाशित