पत्रकार गीता रानामाथि दुव्यर्वहार, दुव्यर्वहार विरुद्ध पत्रकार महासंघ गण्डकी प्रदेश तथा महासंघ कास्कीद्धारा भत्सर्ना

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य तथा एबिसी टेलिभिजनका पोखरा संवाददाता गीता रानामाथि स्याङ्जाको भीरकोट नगरपालिका कार्यालयमा दुव्यर्वहार भएको छ ।

टेलिभिजन कार्यक्रमका लागि समाचार संकलनको क्रममा भीरकोट नगरपालिका कार्यालय कार्यालय परिसरको तस्बिर खिचिरहेको  अवस्थामा रानामाथि दुव्यर्वहार भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले कसको अनुमतिमा किन तस्बिर खिचेको भन्दै अपशब्द बोल्दै आफूमाथि दुव्र्यहार गरेको पत्रकार रानाले बताएका छन् ।

नगरपालिकाका सूचना अधिकारीलाई समाचार संकलनकाबारे जानकारी दिदाँ पनि सार्वजनिक स्थलको तस्बिर र भिडियो खिच्ने पत्रकारको अधिकारलाई हस्तक्षेप गरी पत्रकार रानामाथि दुव्यर्वहार भएको घटनामाथि नेपाल पत्रकार महासंघ कास्की, पत्रकार महासंघ गण्डकी प्रदेश, नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनिज कास्की लगायतले आपत्ति जनाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले दुव्यर्वहार गर्नुको साथै रानालाई एक घण्टासम्म कार्यालय परिसरमा बन्धक बनाई प्रहरीको जिम्मा लगाएका थिए । पत्रकारलाई भिडियो खिचेकै आधारमा प्रहरीको जिम्मा लगाउनु र तस्वीर तथा भिडियो डिलिट गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै आक्रमण भएको भन्दै निन्दा र भत्र्सना भएको छ ।

पत्रकार रानालाई दुव्यर्वहार गर्ने प्रमुख प्रकाशकीय अधिकृत ढुंगानालाई कानुन अनुसार कारबाहीको माग गर्दै आगामी दिनमा पत्रकारलाई निर्वाद रुपमा समाचार संकलनको वातावरण बनाउन नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

  • १३ असार २०८०, बुधबार ११:३० प्रकाशित