माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

केन्द्रभाग मिडिया

काठमाडौँ । माओवादीको केन्द्रीय समिति बैठक सरेको छ ।

असार २३ बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक साउनमा बस्ने गरि सरेको हो ।
सबै प्रदेशहरूमा बजेट अधिवेशन चलिरहेको र असार मसान्तसम्म चालु आर्थिक वर्षको हिसाब फर्छ्यौट गर्नुपर्ने कारणले गर्दा बैठक सरेको हो ।

‘केन्द्रीय समितिको बैठक २०८० साल साउन १७ गते काठमाडौँमा बस्नेगरी सरेको छ’, माओवादी केन्द्रले मंगलबार केन्द्रीय सदस्यहरुलाई जारी गरेको सर्कुलरमा भनिएको छ ।

  • १२ असार २०८०, मंगलवार १६:५७ प्रकाशित