पोखरा ।
मादी गाउँपालिकाले अगामी आर्थिक वर्षका लागि ८८ करोड ८२ लाख ०४ हजार रुपैयाँ प्रस्ताव गरेको छ । आइतबार १३ औं गाउँसभामा उपाध्यक्ष कल्पना गुरुगुरुङले २०८०/०८१ लगि उक्त बजेट प्रस्ताव गरेकी हुन् ।
जसमा आर्थिक विकास तर्फ ६ करोड ३० लाख ५८ हजार रुपैयाँ, सामाजिक विकास तर्फ ४९ करोड ९९ लाख १५ हजार, पूर्वाधार विकास तर्फ १७ करोड ४१ लाख १५ हजार रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ लाख २७ लाख ९५ हजार रुपैयाँ, सुशासन तथा संस्थागत विकास तर्फ १३ करोड ८३ लाख २१ हजार रुपैयाँ प्रस्ताव गरिको छ ।
पालिकाले सामुदायीक विद्यालयमा एक शिक्षक एक ल्यापटप कार्यक्रम सहित विद्यालय सुधारका विषय र पालिका भित्रका सामुदायीक १०ं प्लस२ शिक्षा निशुल्क गर्ने विषयमा जोड दिने, यातायात तथा सडक, पर्यटन पुर्वाधार जस्ता संरचनाको गुरुयोजना, निर्माण र कार्यन्वयनमा जोड दिने, अति गरिव विपन्न आवास निर्माणमा जोड दिने, जेष्ठ नागरिक र पूर्ण अपाङ्ग तथा कडा मानसिक रोगी स्वास्थ्य स्याहार र टोल टोल मा गएर उपचार गर्ने विषय तथा सुत्केरी गर्भवती भेटघाट गर्ने विषयलाई निरन्तरता गर्ने उल्लेख गरेको छ ।
यसैगरी सवै लिफ्टिङ्ग खानेपानीको विधुत महशुल पुरै गाउँपालिकाले तिरिदिने तथा अति गरिवको लागी मिटरवक्श तथा मिटर खरीद अनुदान दिने विषयलाई निरन्तरता दिनेसहित ३/३ वा ६/६ महिनामा एकपटक आखा शिविर, स्वास्थ्य सिविर तथा घुम्ती सेवा विकट वस्तीमा प्रदान गर्ने लगायतका कार्यक्रम अगाडि बढाएको छ ।
मादी गाउँपालिकाको नीति, कार्यक्रम र बजेट हेर्न यहाँ क्लिक गर्नुहास् ।