गुल्मीमा खहरेले बगाउँदा बाबुको ज्यान गयो, छोरी बेपत्ता

केन्द्रभाग मिडिया

Symbolic picture

गुल्मी ।

गुल्मीमा खहरे खोलाले बताउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

जिल्लाको मालिका गाउँपालिका(२ दर्लिङमा खहरेले स्थानीय ४१ बर्षीय लिलबहादुर घर्ती र उनकी ८ बर्षकी छोरी बिन्दुलाई शनिबार राति बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।

लिलबहादुरको शव ८० मिटर तल भेटिएको छ भने छोरी बेपत्ता रहेको उनले बताए । बेपत्ताको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, वामी प्रहरी चौकी र पौदी अमराइ प्रहरीचौकीबाट प्रहरी परिचालन गरिएको छ ।

  • १० असार २०८०, आईतवार १६:५८ प्रकाशित