काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेल विगत ९ दिनदेखि अस्पतालमै रहेका छन् । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल गत असार २ गतेदेखि अस्पताल भर्ना भएका थिए ।
उनी त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्।
असार ५ मा पौडेलको मुटुको शल्यक्रिया गरिएको थियो। सेन्टरका चिकित्सकहरुले पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएदिएका थिए।
राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, पेसमेकर राखियो। राष्ट्रपति पौडेल शीतल निवासमै बेहोस भएपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो।
सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले आइतबार विज्ञप्ति निकालेर असार २ गतेदेखि उपचाररत् पौडेलको स्वास्थ्यअवस्था सामान्य रहेको बताएका छन्।
उनले पौडेलको स्वास्थ्य सामान्य रहे पनि हाल उनी चिकित्सकहरुको निगरानीमा रहेको पनि जानकारी दिएका छन्।














