पोखरा ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष (२०८० /०८१) का लागि आज बजेट सार्वजनिक गदैँछ । महानगरले पोखरा सभागृहभा ११ बजेका लागि नगर सभाको अधिवेशन आव्ह्वान गरेको छ ।
कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र नीति कार्यक्रम पास गरे लगत्तै आजै उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट सार्वजनिक गर्ने छिन् ।
महानगरले ७ अर्व हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । महानगरले चालु आर्थिक वर्षमा भन्दा झण्डै डेढ अर्ब रुपैया कमको बजेट ल्याउन लागेको हो । चालु आर्थिक वर्षका लागि महानगरले ८ अर्व ७७ करोडको बजेट ल्याएको थियो ।
असार १० गते भित्र स्थानीय तहले बजेट पास गर्नुपर्ने संबैधानीक व्यवस्था छ । गण्डकीमा यस पहिले ५ पालिकाले बजेट सार्वजनिक गरिसकेका छन् । गण्डकीमा ८५ स्थानीय तह छन् ।