बागलुङमा चट्याङले लाग्दा २ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

ढोरपाटन ।

बागलुङमा चट्याङले लाग्दा २ जनाको ज्यान गएको छ ।

ढोरपाटन नगरपालिका-५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ ।

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको प्रहरीले जनाएको छ ।

  • १० असार २०८०, आईतवार ०९:३२ प्रकाशित