सरकारले डिजिटल इकोनोमीमा जोड दिन्छ : प्रधानमन्त्री प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिइरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘सरकारले डिजिटल नेपालको लागि आवश्यक पूर्वाधार विकासमा जोड दिएको छ। राज्यको पहुँच नपुगेको दुर्गम क्षेत्रका सर्वसाधारणलाई समेत यसमार्फत जीवनस्तर उकास्न आवश्यक पहल गरिएको छ। डिजिटल इकोनोमीमा जोड दिने सरकारको अभिप्राय छ।’

उनले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिँदै आए पनि नेपालको भौगोलिक अवस्थाका कारण सोचे अनुरुपको विकास हुन नसकेको बताए ।

  • ८ असार २०८०, शुक्रबार १६:१५ प्रकाशित