काठमाडौँबाट गुजरातका हिडेको बस गल्छीमा दुर्घटना

केन्द्रभाग मिडिया

काठमाडौँ ।

काठमाडौँबाट भारतको गुजरातको लागि छुटेको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।दुर्घटनामा परेर एक जना बालकको मृत्यु भएको घटनास्थलमा खटिएका सुरक्षा अधिकारीहरूले बताएका छन् ।

एआर–०६ इ ७०३१ नम्बरको बस पल्टिँदा १२ घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरिरहेको छ ।दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी छ ।

  • ८ असार २०८०, शुक्रबार ११:१० प्रकाशित