ओखलढुङ्गा ।
ओखलढुङ्गामा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा श्रीमानश्रीमतीको ज्यान गएको छ भने छोराछोरी बेपत्ता भएका छन् ।
गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमायाको ज्यान गएको प्रहरीले जनाएको छ । गुरुङका १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका पहिरोमा परी बेपत्ता भएका छन् ।
बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका छन् ।













