नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

केन्द्रभाग मिडिया

काठमाडौं ।
नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकको विरुद्धमा सर्वोच्चमा रिट परेको थियो । उक्त रिटमा यसअघि सर्वोच्चले उक्त विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

आज न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्विकारक गरेको हो । यो सँगै जन्मसिद्धका छोराछोरीले वंशजको आधारमा नागरिकता पाउने बाटो खुलेको छ ।

  • ७ असार २०८०, बिहीबार १८:०९ प्रकाशित