गण्डकी प्रदेश सभा सदस्य कार्की योजना अनुगमनमा

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की निर्वाचन क्षेत्र न २९१० बाट गण्डकी गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका योजनाको अनुगमनलाई तिब्रता दिएका छ्न।

कार्कीले प्रदेश सरकार मार्फत आर्थिक बर्ष २०७९/८० मा निर्बाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्राप्त २ करोड रुपैयाका विभिन्न बिकास आयोजनाको अनुगमन गरेका छ्न।

कार्कीले ३० लाख रुपैयाँमा स्तरोन्नति हुँदै गरेको पोखरा ३३ स्थित भञ्ज्याङ् आपु कस्यारी सडक , सोही वडाको ३० लाख लागतमा स्तरोन्नति हुँदै गरेको हनुमान पोखरी भिमशाही सडक , १० लाखमा निर्माण हुँदै गरेको धारापानी सिढी बाटो, पोखरा २१ मा २०-२० लाखमा निर्माण हुँदै गरेका पुरानो सिम्ले सडक र बक्रेक कात्तिके सडक तथा पोखरा १५ स्थित २० लाखमा निर्माण हुँदै गरेको एकतापथ टुटुङ्गा मोटरबाटो, पोखरा १७ को ५० लाखमा निर्माण सम्पन्न हुँदै गरेको सहरी स्वास्थ्य चौकी हुदैं महत गौडा निस्कने ढलान बाटो अनुगमन गरेका हुन ।

सो स्थानीय उपभोक्ता, जन प्रतिनिधि र प्राबिधिक सहित अनुगमनमा पुगेका कार्कीले गुणस्तरमा कुनै कमजोरी हुन नदिन आग्रह गर्दै निर्धारित समयमा काम सम्पन्न गर्न निर्माण कम्पनी र सरोकारवालाहरूलाइ निर्देशन दिए।

कार्कीको निर्बाचन क्षेत्र कास्की २(१) का सबै योजनाहरूको करिब ९५ प्रतिशत काम सम्पन्न भएको र बाँकी काम केही दिनमै सम्पन्न हुने उनको सचिवालयले जानकारी दिएको छ।

  • ७ असार २०८०, बिहीबार १६:४५ प्रकाशित