एनएमबी बैंकले गर्‍यो‘वि च्याट पे’ लन्च

केन्द्रभाग मिडिया

एनएमबी बैंकले नेपालमा ‘वि च्याट पे’लन्च गरेको छ

टेन्सेन्ट होल्डिङ्स लिमिटेडको सहायक कम्पनी ‘वि च्याट पे’ ले आधिकारिक रूपमा एनएमबी बैंकसँगको रणनीतिक साझेदारी मार्फत नेपाली बजारमा यो डिजिटल सेवा ल्याएको हो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखराका मेयर धनराज आचार्य नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल,नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, योगेन्द्रलाल प्रधान,एनएमबि बैंकका निर्देशक तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.को उपस्थितिमा समारोहको उद्घाटन प्रमुख अतिथि चेन सोङले गरेका थिए ।

‘वि च्याट पे’ क्युआर कोड मार्फत स्थानीय व्यापारीसँग कारोबार गर्न सहज हुने बैंकले जनाएको छ । ‘वि च्याट पे’ ले आगन्तुकहरू, व्यापारिक कर्मचारीहरू र अन्यका लागि नयाँ अवसरहरू प्रदान गर्ने जनाइएको छ ।

एनएमबी बैंक लिमिटेड मार्फत नेपालमा भुक्तानी गर्न सीधै च्याट पे डिजिटल वालेट नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भुक्तानी प्रणाली, हस्टल फ्री सिर्जना गर्दै मुद्रा विनिमय वातावरणलाई सरल बनाइदिएको छ ।

यसैबीच द फाइनान्सियल टाइम्स, लण्डनको ‘द बैंकर म्यागजिन’ ले एनएमबी बैंकलाई पुरस्कार प्रदान गरेको छ ।एनएमबीले प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ मा बैंक अफ द इयर पनि पाएको छ ।

बैंकले हाल २०१ ब्रान्च मार्फत आफ्ना सेवाहरू प्रदान गर्दै आएको छ

  • ७ असार २०८०, बिहीबार १६:२४ प्रकाशित