नेकपा एसले बोलायो संसदीय दलको बैठक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ ।

बैठकमा बजेटबारे पार्टीका सांसदहरूको असन्तुष्टिमाथि छलफल हुनेछ । बैठक दिउँसो २ बजे बस्नेछ । पार्टीका सांसदहरूले बजेट संशोधन नभए समर्थन गर्न नसकिने चेतावनी दिएपछि समाधान खोज्न संसदीय दलको बैठक बस्न लागेको हो ।

बजेटमा असमानता देखिएको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरू सरकारसँग असन्तुष्ट छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि बजेटबारे असन्तुष्टि जनाए पनि प्रधानमन्त्री दाहालसँगको छलफलपछि भने सकारात्मक देखिएका छन् ।

  • ७ असार २०८०, बिहीबार १०:२१ प्रकाशित