पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्छः राजदूत श्रीवास्तव

केन्द्रभाग मिडिया

पोखरा ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । बुधवार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पोखरा प्राकृतिक मनोरम र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको भन्दै पोखरालाई सडक सञ्जाल वा अन्य माध्यमबाट जोड्दै जान सकिने बताए । उनले पोखरा प्राकृतिक सौन्दर्यताका हिसावले उत्कृष्ट स्थान रहेको भन्दै पोखराले भारतका पर्यटकहरु तानेको बताए ।

उनले भारतका विभिन्न शहरका पर्यटकहरु पोखरामा आइरहेको उल्लेख गर्दै पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नका लागि भारत सरकार सहयोगका लागि तयार रहेको बताए ।

  • ६ असार २०८०, बुधबार १०:१८ प्रकाशित